रुपन्देही देवदह नगरपालिकामा एमालेका मेयर र उपमेयर निर्वाचित

0
Shares

बुटवल ।

रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का ध्रुव खरेल र उपमेयरमा एमालेकै बिद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन् ।

नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेकी हिरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन् ।

खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए । खरेलसंग पराजित भएका नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकै बिद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन् । २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६४९४मतान्तरले पराजित गरिन् ।