धरान । धरान उपमहानगरपालिका फर्जीमत गणना गरेपछि विवाद भएको छ । उक्त विवादका कारण गणना रोकिएको हो ।
उक्त महानगरको वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि मतगणना हुन बाँकी रहेका सबै ठाउँको मतगणना स्थगित भएको हो ।
नेकपा (माओवादी केन्द्र)ले मतदान अधिकृतको विरोध गर्दै मतगणनास्थल पब्लिक स्कुलमा तोडफोड गरेका छन् ।
१८ वटा मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नगरेको भेटिएपछि उक्त मतपत्र सदर गर्नुपर्ने माग राखेर माओवादी केन्द्र आन्दोलित भएको हो ।
उनले १८ वटा मतपत्र सदर नगरिए पुन मतादानको व्यवस्था हुनुपर्ने बताए ।
प्रतिक्रिया