गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको भन्दै गणना स्थलमा एमालेको नाराबाजी


पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणना स्थलमा विवाद भएको छ । मत गणनामा गठबन्धनका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले विरोध जनाएपछि मतगणना प्रभावित बनेको छ ।

गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरिरहेका छन् । गठबन्धनले भने एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।