मध्यनेपाल नगरपालिकामा पुन: कांग्रेसका पाण्डे निर्वाचित



लमजुङ ।
लमजुङको मध्यनेपाल नगरपालिकामा नेकपा एमालेको उम्मेदवार एवं पूर्व उपप्रमुखलाई पराजित गर्दे गठबन्धन तर्फ नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्व प्रमुख रमेश कुमार पाण्डे निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले ६ हजार पाँच सय ५२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी राजकुमार श्रष्ठले ६ हजार दुई सय १४ मत प्राप्त गरेका छन् । पाण्डेले ३३८ मतान्तरले विजयी हासिल गरेका हुन् ।

त्यसैगरी उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार सीता गुरुङ निर्वाचित भएकी छन् । उनले ६ हजार चार सय ७६ मत प्राप्त गरेकी छन् । गुरुङले आफ्नो प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेदबार उपेन्द्र अधिकारीलाई १ हजार ४ सय मतानतरले पछि पार्दै निर्वाचित भएकी हुन् । गबन्धनबाट माओवादी केन्द्रका उमेदबार अधिकारीले पाँच हजार ६५ मत प्राप्त गरेका हुन् ।
मध्यनेपाल नगरपालिकामा १० वटा वडा मध्ये ६ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ भने नेकपा एमालेले चार वटा वडामा जित हात परेको छ । वडा नं.२, ३, ४, ५, ७, ९ र १० मा गठबन्धनबाट नेपाली कांग्रेस विजयी भएको छ भने वडा नं. १, ६ र ८ मा नेकपा एमाले विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्