बालेन : काठमाडौं महानगरको जुन वडाको मतपेटिका खोल्दा पनि ‘लौरो’मै एकछापे स्वस्तिक छाप !



काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको फराकिलो मतान्तरले अग्रता कायमै छ ।

४४ हजार १४० मतगणना हुँदा उनले फराकिलो अग्रता कायम गरेका हुन् ।

स्वतन्त्र उमेदवार बालेनले १६ हजार ८९० मत पाएका छन् ।

उनका पतिस्पर्धी नेकपा (एमाले)का उमेदवार केशव स्थापितले ९ हजार २१ मत प्राप्त पाएका छन् ।

नेपाली कांग्रेस उमेदवार सिर्जना सिंहले ८ हजार १२६ मत पाएकी छन् ।

एक गणकले काठमाडौं महानगरको जुन वडाको मतपेटिका खोल्दा पनि बालेनको लौरो चिन्हमा स्वस्तिक छाप एकछापे हुने गरेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्