भरतपुरमा रेणु दाहाल फराकिलो मतान्तरले अघि, विजय सुवेदी १८ सयभन्दा बढी मतले पछि

वडा नम्बर-७ को गणना जारी



चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालको फराकिलो अग्रता कायमै छ ।

उनका निकतम प्रतिस्पर्धी तथा प्रतिपक्षी दल नेकपा (एमाले)का विजय सुवेदी १८ सयभन्दा बढी मतान्तरले पछाडि छन् ।

रेणुले विजयलाई १८ सय ५२ मतान्तरले पछि पारेकी छन् । अहिलेसम्म २८ हजार ६४ मतगणना गरिएको छ । रेणु १० हजार ४४९ मत प्राप्त गरेकी छन्र । विजयले ८ हजार ५९७ मत पाएका छन् ।

अहिले वडा नम्बर–७ को गणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्