धुलिखेल।
धुलिखेल। काभ्रेको धुलिखेल नगरपालिकाको मतगणना स्थगित भएको छ । सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम विपरित मतगणना गर्न बाँकी रहेको ४ वटा वडामा छुट्टै नियम लागू गर्न पर्यो भन्दै एमालेका उम्मेदवार अशोक व्याञ्जुले बखडा झिकेपछि नगरपालिकाको मतगणना स्थगित भएको हो।
पछिल्लो मत परिणाम अनुसार धुलिखेल नगर प्रमुखमा एमालेका उम्मेद्वार व्याञ्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेत बीच प्रतिस्पर्धा भैरहेको छ । स्वतन्त्र उम्मेदवार बस्नेत नेपाली काग्रेसको नगर सभापति समेत थिए । निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरेका थिए। उनको चुनाव चिन्ह जेब्रा थियो ।
धुलिखेल विवादमा वडा नम्बर १ देखि ८ सम्मको जुन नियम अनुसार मतगणना भएको थियो त्यही नियम अनुसार मतगणना गर्नुपर्ने स्वतन्त्र उम्मेद्वार पक्षको भनाई छ भने अब वडा नम्बर ९ देखि १२ सम्म अर्को नियम लागु गर्नुपर्ने व्याञ्जु पक्षको भनाई छ । ‘आफ्नो पक्षमा मत आउदा नियम ठिक,, अर्कोको पक्षमा मत आउदा बेठीक भन्ने हुदैन’– सर्वदलीय बैठकमा सहमति गर्दा हस्ताक्षर गर्ने एक नेता कृष्णप्रसाद खनाल भन्छन् – वडा नम्बर १ देखि ८ वडा सम्म जुन नियम अनुसार मतगणना भएको थियो त्यही नियम अनुसार ९ देखि १२ वडा सम्म मतगणना हुनुपर्छ । खेलको वीचमा नियम परिवर्तन गर्न नहुने उनको भनाई थियो ।
किन भयो विवाद ?
धुलिखेल नगरमा मतगणना अघि बसेको सर्वदलीय बैठकले उम्मेद्वार भएको र नभएको दुबै चिन्हमा मत आएको भए उम्मेदवार भएको चिन्हलाई मान्य बदर नहुने नियम बनाइएको थियो । वडा नम्बर १ देख ८ सम्म यही नियम अनुसार मतगणना भयो । जसमा सूर्य चिन्हका व्याञ्जुले भारी मत अन्तरले अग्रता लिएका थिए । वडा नम्बर ८ सम्म १२ हजार ५ सय ४० मतगणना गर्दा २ हजार ४१ मतका साथ अगाडि थिए ।
वडा नम्बर ७ सम्म मतगणना गर्दा २ हजार ६ सय भन्दा बढी मतान्तर घटाउदै स्वतन्त्र उम्मेदवार बस्नेतले वडा नम्बर ८ को गणनामा २ हजार ४१ मा ल्याएपछि व्याञ्जु पक्षले विवाद गर्न थालेका हुन । धुलिखेलको वडा नम्बर ८ मा आइपुग्दा उपप्रमुखमा पनि नेपाली काग्रेसको उम्मेद्वार १ सय ६१ मतले अग्रता लिइसकेको छ । जब, वडा नम्बर ९ देखि स्वतन्त्र उम्मेदवार बस्नेतको चुनाव चिन्ह जेब्रा उपप्रमुख निराजन जंगमको चुनाव चिन्ह रुखमा एकलौटी मत आउने सुईको पाएपछि सर्वदलीय बैठकको सर्वसम्मत निर्णय विरुद्ध नियम परिवर्तन गनुृपर्ने माग राख्दै एमालेका उम्मेदवारले विवाद झिकेका कृष्णप्रसाद खनाल बताउँछन् ।
हार मानसिकताले विवाद
धुलिखेल नगरमा २०७४ सालको निर्वाचनमा पनि विजयी हासिल गरेका नेपाल नगरपालिका संघको अध्यक्ष समेत रहेका एमालेका उम्मेद्वार अशोक व्याञ्जु यस पटक पनि निर्वाच जित्नेमा ढुक्क थिए । काग्रेसभित्र विवादको कारण नगर सभापतिले नै स्वतन्त्र उम्मेद्वारी दिएपछि त झन सजिलै चुनाव जितिन्छ भन्ने मानसकिता थियो । पाँचदलीय गठबन्धनमा यो नगर एकिकृत समाजवादीको भागमा परेको छ । एकिकृत समाजवादीका तर्फबाट दयासागर श्रेष्ठ उम्मेदार छन् । एकिकृत समजवादकिा उम्मेदवारले सोचेजस्तो मत प्राप्त गर्न सकेनन् । प्रतिस्पर्धा स्वतन्त्र उम्मेद्वार बस्नेत र व्यञ्जुवीच भयो । वडा नम्बर १ देखि ७ सम्म व्याञ्जुको सुर्य चिन्हमा धेरै मत आयो । आफ्नो पक्षमा धेरै मत आउदा व्याञ्जुले विवाद गरेनन् । जब वडा नम्बर ८ को मतगणना हुँदा प्रमुखमा स्वतन्त्र उम्मेवार बस्नेतको जेब्रा र उपप्रमुखमा जंगमको रुखमा बढी मत आउन थाल्यो व्यवञ्जुले विवाद झिक्न थाले । वडा नम्बर ९ देखि जेब्रा र रुखमा एकलौटी मत खस्ने आकलन गरेपनि नियम परिवर्तनको माग राख्दै मतगणना नै स्थगित गर्नुपर्ने व्याञ्जुले अडान राखे ।
एमालेका उम्मेदवार व्याञ्जुको हार मानसिकता कसरी देखियो भन्ने बारेमा जिज्ञासामा स्वतन्त्र उम्मेदवार बस्नेतका चुनावी अभियानका संयोजक समेत रहेका कृष्णप्रसाद खनाल भन्छन् – मतगणनाको क्रममा सटलिष्ट गर्ने क्रममा वडा नम्बर १ देखि ८ सम्म उल्लोबाट गरिएको थियो । वडा नम्बर ९ को मतगणनाको क्रममा सुल्टोबाट सर्टलिष्ट गरियो । मतगणना कार्यमा रहेका कर्मचारीले सुल्टोबाट सर्टलिष्ट गर्दासूर्यमा मत नआएको प्रमुखमा जेब्रा र उपप्रमुखमा रुखमा मात्र मत आएको देखेपछि व्याञ्जुलाई बोलाए र विवाद झिक्न लगाए । वडा नम्बर ९ को २५ वटा मतगणना गर्दा स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह जेब्रामा मात्र आएको थियो । यसरी अब वडा नम्बर ९ देखि १२ सम्म एकपक्षीय रुपमा जेब्रा र रुखमा मात्र मत आउछ भनेपछि व्याञ्जुले विरोध गरेको खनालको भनाई छ ।
अब के हुन्छ ?
मतगणनाको क्रममा ऐन नियम र निर्देशिकामा नभएको कुरा सर्वदलीय बैठकले सहमति गरेर लागू हुन्छ । धुलिखेलमा पनि मतगणना अघि सर्वदलीय बैठक सबैर सर्वसम्मत निर्णय भएका नियम अनुसार वडा नम्बर ८ सम्म निर्विवाद मतगणना भयो । ‘अब नियम परिवर्तन गर्ने हो भने वडा नम्बर ८ सम्मको नतिजा त्रुटीपुर्ण भएको मानिन्छ’ मतगणना अघि नियम बनाउन बसेको सर्वदलीय बैठकका एक हस्ताक्षरकर्ता कृष्णप्रसाद खनाल भन्छन् – हाम्रो अडान १ खेखि ८ सम्म जुन नियममा मतगणना भएको थियो त्यही नियम अनुसार मतगणना हुनुपर्छ भन्ने हो । नियम परिवर्तन गर्ने हो भने वडा नम्बर ८ सम्मको नतिजा मान्य हुदैन पुन: निर्वाचन गर्नुपर्छ । अब मेरो पक्षमा मत आउदैन म हार्ने भए भनेर वीचमा नियम परिवर्तन गर्न मिल्दैन । मतगणना सुरु हुनुपूर्व जे सहमति भएको छ मतगणना सम्पन्न नहुन्जेल त्यही नियम लागू हुनुपर्छ भन्ने हाम्रो मान्यता हो– उनी भन्छन। वडा नम्बर ८ सम्म आइपुग्दा व्याञ्जुले २ हजार मतले अग्रता लिदा पनि हामिले पहिलाको नियम परिवर्तन गनुृपर्छ भनेको छैन भन्दै खनाल भन्छन– ‘अब फरक ढंगले मतगणना गर्दा पहिलाको नजिता त्रुटीपुर्ण भएको मानिन्छ । हामी की पुन: निर्वाचन गर्नुपर्छ की अहिले सम्म जुन नियमले मतगणना भयो त्यही नियम अनुसार गणना हुनुपर्छ भन्ने पक्षमा छौं । हार मानसिकताले उब्जाएको एमालेको दम्भ हामी मान्दैनौ ।’
प्रतिक्रिया