दिक्तेल रुपाकोट मझुवागढी –११ मा ईखबहादुरको प्यानल विजयी

0
Shares

खोटाङ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा तीन दलीय गठबन्धनको तर्फबाट जनता समाजबादी पार्टीका ईखबहादुर राईले जीत निकाल्नुभएको छ । माओबादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार राईले ६ सय ३० मत ल्याउँदै प्यानलसहित नै बिजय हासिल गर्नुभएको हो ।
अर्का युवा प्रत्यासी काग्रेसका रामचन्द्र राईलाई उहाँले एक सय ४० मतले जित्नुभएको हो । रामचन्द्र यसअघि कांग्रेसबाटै वडाध्यक्ष बन्नुभएको थियो ।
पछिल्लो समय ईखबहादुरले गाउँ बिकासमा दिलोज्यान दिएर लागेकालेउहाँको जीतमा देश विदेशमा रहेका खार्मीली नागरिकले हर्षोल्लास मनाएको जसपाका नेता धनचन्द्र राईको भनाई छ । वडाको विकासका लागि सबै पक्षको सुझाव र सहकार्यबाट अघि बढ्ने नव निर्वाचित अध्यक्ष राईको भनाई छ ।
सोही नगरपालिकामा गठबनधनका तर्फबाट काांग्रेसका तीर्थ भट्टराई मेयर माओबादी केन्द्रका बिशन राई उपमेयरमा बिजयी हुने पक्का भईसकेको मतगणनाबाट आएको गठबन्धनका पक्षधररुले उल्लेख गरेका छन् । यसैबीच मेयरको प्रत्यासी भट्टराईले बिजय जुलुसका लागि सामाजिक सञ्जालबाट सबैलाई जुट्न आग्रह समेत गर्नुभएको छ ।
यो पटक एमालेबाट कुमार आचार्य मेयर र अघिल्लो पटकको उपमेयर बिणादेवी राई उपमेयरमै प्रतिस्पर्धामा उत्रिनुभएको थियो ।