पूर्व मेयरलाई पराजित गर्दे कांग्रेसका खड्गवहादुर गुरुङ विजयी



लमजुङ ।

पूर्वि लमजुङको राइनास नगरपालिकामा नेकपा एमालेका उम्मेदवार एवं पूर्व मेयर सिँहबहादुर थापालाई पराजित गर्दे मेयरमा नेपाली कांग्रेसका खड्ग वहादुर गुरुङ विजय हुनुभएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका गुरुङले पाँचहजार आठसय २६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्धन्दी पुर्व नगर प्रमुख थापाले चारहजार दुईसय ४४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी गठबन्धन तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका पुष्पराज खनालले नेकपा एमालेकै शोभा पन्थी चिलुवाललाई पराजित गर्दे नगरपालिकाको उपमेयरमा विजय हुनुभएको छ । निर्वाचित खनालले पाँचहजार आठसय ८६ मत प्राप्त गर्दा एमालेबाट उम्मेदवार बनेकी पन्थीले तीनहजार दुईसय ३४ मत प्राप्त गरेकी छिन् ।

राईनास नगरपालिकामा १० वटा वडा मध्ये पाँचवटामा नेपाली कांग्रेसले जित हात पारेको छ । सो बाहेक नेकपा माओवादी केन्द्रले तीनवटा, नेकपा एमालेले एक र एउटा वडामा स्वतन्त्र उम्मेदार निर्वाचित भएका छन् । वडा नम्बर २, ४, ६, ९ र १० मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर १, ५, ७ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । यस्तै वडा नं ३ मा स्वतन्त्र र वडा नं ८ मा एमाले विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्