ललितपुर मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले गरे मतदान

0
Shares

काठमाडौं ।

ललितपुर महानगरपालिका एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ललितपुर मनपा-९ च्यासल मतदान केन्दबाट मतदान गर्नु भएको छ ।

शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । व्यञ्जनकारले मतदान सुरु भएलगत्तै मत दिनुभएको हो ।

मतदानपछि उहाँले समृद्ध र सांस्कृतिक महानगर बनाउन निर्वाचन महत्वपूर्ण भएको बताउनुभयाे । ललितपुरवासीका घर-घरमा पानीकाे धारा पु-याउन सोही प्रतिवद्धता गरेको र त्यसमा लागिरहेने बताउनुभयाे  ।