भरतपुरमा अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएपछि यसपटक मतगणनास्थलमा तारजाली र सिसीटिभी जडान



चितवन । चितवनको भरतपुर महानगरको मतदानस्थलमा फलामको डण्डी, तारजाली र सिसीटिभी जडान गरिएको छ । अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएपछि यसपटक मतगणनास्थलममा फलामको डण्डी, तारजाली र सिसटिभी जडान गरिएको हो ।

उक्त महानगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना भरतपुर–१० मा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलमा गरिने भएको छ । आज (बिहीबार) मतगणनाको तयारीका लागि हलमा आवश्यक प्रबन्ध लिाइएको छ ।

अघिल्लो (२०७४) स्थानीय तह निर्वाचनमा मतगणनाको क्रममा भरतपुरमा मतपत्र च्यातिएपछि यसपटक गणनास्थल सुरक्षित र भयरहित बनाउन लागिएको हो । मतगणनास्थल वरिपरी फलाको डण्डी गाडेर तारजालीले घेरिएको छ भने सिसीटिभी पनि जडान गरिएको जनाइएको छ ।

मतगणना केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात समूहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको उक्त कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्