मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी एक झोला पैसासहित पक्राउ

0
Shares

धनुषा । मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी एक झोला पैसासहित पक्राउ परेका छन् । उक्त आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय तह निर्वाचनमा मतदातालाई पैसा बाँडेको आरोपमा एकझोला पैसासहित पक्राउ परेका हुन् ।

जनकपुरधामस्थित सीताशरण होटेलबाट अन्सारीलाई एक झोला पैसासहित प्रहरीले पक्राउ परेको छ । उनलार्ई जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले पक्राउ गरेको हो । प्रहरीले यस घटनाबारे थप अनुसान्धान गर्ने बताएको छ ।