बझाङमा सर्वदलीय बैठकमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, एमाले वडाअध्यक्षका उम्मेदवार घाइते

0
Shares

बझाङ । बझाङको एक गाउँपालिकामा सर्वदलीय बैठकमै झडप भएको छ । सुमी गाउँपालिकाको मतदानस्थलमा अशक्त, अपांग, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र किरियापुत्रीका लागि कस्तो व्यवस्था गर्ने भन्नेबारे विवाद हुँदा उक्त बैठकमै झडप भएको हो ।

उनीरूले मतदानस्थलमा मतदान प्रक्रियामा कसरी सहभागी गराउने भन्नेबारेमा विवाद हुँदा झडप भएको बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

झडपमा परि नेकपा (एमाले)का सुर्मा गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार हर्कबहादुर बोहरा र राम गिरी बोहरा घाइते भएका छन् । घाइते उपचारपछि डिस्चार्ज भएका छन् । काँग्रेसका कार्यकर्ताले उनीहरूलाई आक्रमण गरेका प्रहरीले जबताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।