पश्चिम रुकुममा मतदातालाई पैसा बाँडेको आरोपमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार पक्राउ



पश्चिम रुकुम । मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । माओवादी केन्द्रका वडाध्यक्षका एक उम्मेदवारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको चौरजहारी नगरपालिका-१० खोलागाउँबाट हिजो (बुधबार) राति प्रहरीले माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार वीरेन्द्र रोकाया र दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जानकारी दिएको छ ।

उनीहरूको साथबाट तीन थान खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्