सभामुख सापकोटा गृह जिल्ला जाँदै

0
Shares

काठमाडौं ।

भोलि हुन लागेकाे स्थानीय तहको निर्वाचनमा मतदान गर्नको लागि सभामुख अग्निप्रसाद सापकोटा आज (बिहिबार) काठमाडौंबाट गृह जिल्ला सिन्धुपाल्चोक जाँदै छन् ।

सभामुख सापकोटाले स्थानीय तह निर्वाचनमा गृहनगर सिन्धुपाल्चोकबाट मतदान गर्ने भएका छन् । सभामुख सापकोटाले साँगागढीचोक नगरपालिका-४ मा रहेको कुभिण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या मावि मतदानस्थलबाट मतदान गर्ने सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।