पत्रकारले सूचना बिभागको पासले सवारी चलाउन पाउने

स्थानीय तह निर्वाचन

0
Shares

काठमाडौ ।

भोलि हुने स्थानीय निकाय निर्वाचनमा सवारी चलाउन पत्रकारहरुले निर्वाचन आयोगबाट पास लिनु नपर्ने भएको छ ।

सूचना बिभागबाट जारी भएको पासधारीलाई अन्य पास नचाहिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले न्युज अफ नेपाललाई जानकारी दिनुभयो ।

आयोगले उक्त निर्णय गरेपनि निर्णय सार्वजनिक नभएपछि पत्रकारहरु अन्यौलमा परेका थिए । आयोगले उक्त निर्णय आज बेलुका सम्ममा सार्वजनिक गर्ने भएको छ ।