गोरखामा माओवादी कार्यकर्ता कुटिए


गोरखा  । 

स्थानीय तहको निर्वाचनको मौन अवधिका बेला गोरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएको छ । अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको हो ।

उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरुमाथि आक्रमण गरेको दाबी माओवादीले गरेको छ ।

माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधबार साँझ खाना खाने तयारी भइरहेका बेला एक्कासी ढुंगा, चिरपट लगायत प्रयोग गरेर आक्रमण भएको हो ।