गठबन्धनको आक्रमणबाट तिन जना घाइते

0
Shares

धादिङ ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ डाडाँगाउँमा एमालेको घरदैलो र्यालीमा ०७९ बैशख २७ गते साँझ चुनावी गठबन्धनमा आवद्ध नेपाली काँग्रेसको तेतृत्वमा आक्रमण हुँदा तिन जना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

आक्रमणबाट त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका २५ वर्षीय हरी श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक गम्भीर घाइते हुनुभएको छ । घटनाका घाइतेहरुको अवस्था गम्भीर भएकोले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि काठमाण्डौ स्थित मनमोहन अस्पतालमा भर्ना गरिएको छ । आक्रमणमा सामान्य घाइते १० जना भन्दा बढी रहेको नेकपा एमाले त्रिपुरासुन्दरीका अध्यक्ष हरी पन्तले जानकारी दिनुभयो ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ का नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका साधुराम भनिने भिमप्रसाद भट्टले एमाले जुलुसमा खुँडा ल्याएर प्रहार गरेपछि आक्रमण भएको थियो । आक्रमणमा जिल्ला अदालत धादिङले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरि फरार भएका त्रिपुरासुन्दरी गाउँपालिका–१ का दिपक उप्रेती र श्रीकृष्ण खड्का समेत सहभागि भएको प्रत्यक्षदर्शी पन्तले बताउनुुभयो ।

एमालेको र्यालीमा आक्रमण भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको जनपथ प्रहरी र ससस्त्र प्रहरीले घटनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले प्रयोग गरेको सवारी साधनमा समेत आक्रमण भएको छ।वडा अध्यक्ष उम्मेदवार भट्टको घरको छतमा आक्रमण गर्ने उद्देश्यले ढुंगा समेत राखिएको र एकै साथ जम्मा भएर बसेका काँग्रेस कार्यकर्ताहरुले हमला गरेको प्रत्यक्षदर्शी एमाले गाउँपालिका उपाध्यक्ष उम्मेदवार संगिता कुमालले बताउनुभयो ।

यसैगरि त्रिपुरासुन्दरी गाउँपालिका –७ खहरेमा एमाले कार्यकर्तामाथी आक्रमण भएको छ । सडकमा हिडेका एमाले कार्यकर्ता शिशिर दनै, नेकपा एमाले त्रिपुरा सुन्दरी गाउपालिका ७ का रामबहादुर खड्का घाइतेहुनुभएको छ ।घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकी काठमाण्डौ ट्रमा सेन्टर लगिएको छ ।घटनाका सम्बन्धमा प्रहरीले घटना नियन्त्रणमा लिएको जनाएको छ ।

शान्तिपूर्ण जुलुसमा एक्कासी आक्रमण गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय सल्यानटारमा उजुरी गरिने उपाध्यक्ष उम्मेदवार कुमालले बताउनुभयो । प्रहरीले कसैलाई पनि गिरफ्तार गरेको छैन ।घटना नियन्त्रला लिएर दलहरुबि समन्वय शान्ति कायम गर्ने सहमति समेत सर्वदलिय सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राकेश सिंहले स्थानीय स्तरमा शान्ति कायम गर्ने, सुरक्षा दिइएको बताउनुभयो ।

घटनास्थल क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।घटनामा सम्लग्नहरुलाई कारबाही गर्न र घाईतेहरुको उपचारको माग गर्दै नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले हस्ताक्षर गरि प्रेस विज्ञप्ती प्रकाशन गर्नु भएको छ ।