मकवानपुरबाट बाँधी राख


हेटौंड ।

मोडलिध्रबाट गायन क्षेत्रमा आएका हेटौंडाका सुमित श्रेष्ठको बाँधी राख गीत सार्वजनिक भएको छ । भिडियो सार्वजनिक गर्दै गायक श्रेष्ठले संगीत क्षेत्रलाई चलायमान गर्न गायन क्षेत्रमा आफू लागेको बताए।

आधा दर्जनभन्दा बढी गीतको भिडियोमा अभिनय गरिसकेका श्रेष्ठले गायनमार्फत आफू परिचित हुन खोजेको बताए । भिडियोमा सुरज गौतम र सन्ध्या आचार्यले अभिनय गरेका छन् भने सागर श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन छ ।

मकवानपुरका विभिन्न स्थानमा खिचिएको भिडियोलाई मकवानपुरमै प्रोडक्सन गरिएकोले अर्गानिक भिडियो बनेको निर्देशक श्रेष्ठले बताए । गीतमा प्रशान्त शिवाकोटीको रचना र संगीत रहेको छ ।