काभ्रेपलाञ्चोक जिल्लामा राहदानी बनाउन अनलाईन भुक्तानी

0
Shares

काभ्रे ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी बनाउन लाग्ने राजश्व शुल्क अनलाईनबाट भुक्तानी गर्ने प्रणालीको शुरुवात गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अनलाईनबाट भुक्तानी गर्ने देशकै पहिलो जिल्ला बन्न पुगेको छ ।

‘नेपालमै पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरुको सेवाका लागि अनलाईन माध्यमबाट भुक्तानी गर्ने प्रणाली शुरु गरेका छौं’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘नागरिकहरुलाई लाईन बसेर बैकमा पुगी रकम बुझाउनु पर्ने झन्झटिलो अवस्थाबाट मुक्त गराउन अनलाईनको माध्यमबाट शुल्क बुझाउन सक्ने ब्यवस्था गरेका हौं ।’

यस अघि राहदानी बनाउन बैक मार्फत भुत्तानी गर्ने गरिएको थियो । बैकमा भुक्तानी गर्दा लाईन बस्नु पर्ने झन्झटिलो अवस्थाबाट मुक्त भएको सेवाग्राहि सेराज अन्सारीले बताउनु भयो ।

उहाँ अनलाईनबाट भुक्तानी गर्ने पहिलो सेवाग्राही हुनुहुन्छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशी लगायतले पहिलो सेवाग्राहि मार्फत अन्सारीलाई अनलाईन भुक्तानीको सेवा शुभारम्भ भएको घोषणा गर्नु भएको थियो ।

सेवाग्राहि अन्सारीले अनलाईन भुक्तानीले सहज भएको बताउनु भयो । ‘बैकमा लाईन बस्नु पर्ने झन्झटिलो अवस्थाबाट मुक्त भएकोमा खुशी छु’– अन्सारीले भन्नुभयो–‘प्रशासन कार्यालयको यो सेवा लिन पाएकोमा सबै सेवाग्राहि खुशी हुनु पर्छ ।’ सबै नागरिकको अनलाईन भुक्तानी गर्ने अवस्था नहुने भएकाले केहि समय असहज हुने भए पनि हरेक नागरिक यो सेवामा सहभागि हुन मोवाईलमा वा ई सेवामा आवद्ध हुनु जरुरी छ । जिल्लामा पछिल्लो समय इलेक्ट्रिक राहदानीका लागि फाराम भर्नेहरु ३ हजार १ सय मध्ये २ हजार ८ सयले राहदानी प्राप्त गरिसकेका छन् ।