नेपाली सेनाको तर्फबाट पहिलाे कञ्चनजङ्घा हिमाल आरोही बने श्रेष्ठ र थापा



काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले जैविक विविधता तथा पर्यावरण संरक्षणका लागि हिमाल सफाइ अभियान २०२२ का टोलीलाई निर्देशन दिएका छन् । शर्माले गत वर्ष चैत २२ गतेबाट सुरु भएको हिमाल सफाइ अभियानमा खटिएका टोलीलाई यस्तो निर्देशन दिएका हुन् ।
हिमाल सफाइअन्तर्गत सगरमाथा ल्होत्से, कञ्चनजंघा र मनास्लुमा खटिएका क्याप्टेन लिटरसँग सेनापति शर्माले भिडिओ टेली कम्युनिकेशनमार्फत हालसम्म भएको प्रगति विवरणको बारेमा जानकारी लिएका छन् ।

उनले संवैधानिक जिम्मेवारीको अलवा भोगोलिक विकटता र प्रतिकूल मौसमको समेत प्रवाह नगरी सफाइ अभियानमा संलग्न सेनाको उच्च मूल्यांकन गर्दै प्रशंसा गरेका छन् । यसका साथै तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न पनि निर्देशन दिएका छन् ।

हिमाल अभियान २०२२ अन्तर्गत नेपाली सेनाका तर्फबाट पहिलो पटक कञ्चनजङ्घा हिमाल आरोही नेपाली सेनाका सह–सेनानी राजु श्रेष्ठ र सिपाही अमित थापा बनेका छन् । हिमाल आरोहण गर्ने योजना अनुरुप श्रेष्ठ र थापाले वैशाख २४ गते पहिलो पटक हिमाल आरोहण गरेका हुन् ।

९८५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमाल आरोहण गरेकोमा आरोहीहरूलाई सेनापति प्रभुराम शर्माले विशेष धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्