इसिडिका शिक्षकलाई श्रम ऐन अनुसारको तलब सुविधा लागु गर्छु : नवराज सञ्जेल

0
Shares

काठमाडौं ।

नेकपा एमालेका तर्फबाट बागमती गाउँपालिकाका अध्यक्षका उम्मेदवार नवराज सञ्जेलले इसिडिका शिक्षकलाई श्रम ऐन अनुसारको तलब सुविधा लागु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आफु निर्वाचित भए पछि हरेक सामुदायिक विद्यालयका शिशु कक्षामा अध्यापनरत शिक्षकलाई न्यूनतम १५ हजार तलब सुविधा दिनुपर्ने निर्णय गरेकोमा बागमतीमा कार्यान्वयन नभएकोले उक्त प्रतिवद्धता जाहेर गर्नुभएको हो ।सञ्जेलले भन्नुभयो–जोडिएको महाकांल गाउँपालिकाले इसिडिमा कार्यरत शिक्षकलाई १५ हजार तलब दिने संघीय सरकारको निर्णय कार्यान्वयन गरेकोमा बागमती गाउँपालिकाका तत्कालिन अध्यक्षले नियतबस कार्यान्वयन गर्नुभएन ।

गाउँपालिकाले दिइरहेको जम्मा ६ हजार रुपिया मासिक तलब भनेको शिक्षकमाथि श्रम शोषण हो । शिक्षाजस्तो गम्भीर विषयमा संवेदनशील हुन नसक्नु अत्यन्तै लज्जास्पद विषय हो ।”उम्मेदवार सञ्जेलले शिक्षा क्षेत्रनै विकासको पहिलो आधार भएकोले शिक्षा क्षेत्र आफ्नो पहिलो प्राथमिकता हुने जानकारी दिनुभयो । इसिडिमा तलब सुविधा बढाउने निर्णयसँगै त्यहा पढ्ने बालबालिकाहरुको लागि आवश्यक सबै शिक्षण सामग्री प्रदान गर्नेतर्फ आफ्नो जोड हुने उहाँको भनाई थियो । सुशासन, मानवीय विकास, पूर्वाधार विकास र आर्थिक व्यवस्थापन स्थानीय तह मेरुदण्ड भएकोले आफ्नो कार्यकालमा सोही विषयहरुलाई महत्व दिने सञ्जेलको कथन थियो ।