प्रधान सेनापतिद्धारा जैविक विविधता तथा पर्यावरण संरक्षणका लागि हिमाल सफाइ अभियान टोलीलाई निर्देशन



काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले जैविक विविधता तथा पर्यावरण संरक्षणका लागि हिमाल सफाइ अभियान २०२२ का टोलीलाई निर्देशन दिएका छन् । शर्माले गत वर्ष चैत २२ गतेबाट सुरु भएको हिमाल सफाइ अभियानमा खटिएका टोलीलाई यस्तो निर्देशन दिएका हुन् ।

हिमाल सफाइअन्तर्गत सगरमाथा ल्होत्से, कञ्चनजंघा र मनास्लुमा खटिएका क्याप्टेन लिटरसँग सेनापति शर्माले भिडिओ टेली कम्युनिकेशनमार्फत हालसम्म भएको प्रगति विवरणको बारेमा जानकारी लिएका छन् ।

उनले संवैधानिक जिम्मेवारीको अलवा भोगोलिक विकटता र प्रतिकूल मौसमको समेत प्रवाह नगरी सफाइ अभियानमा संलग्न सेनाको उच्च मूल्यांकन गर्दै प्रशंसा गरे । यसका साथै तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न प्रधान सेनापति प्रभुराम शर्माले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्