‘जनताको सुख–दुःखको साथी एमाले’


डोटी ।

नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले नेपाली जनताको जीवनको रक्षा गर्ने र सुख–दुःखको साथी भनेको एमाले भएको बताउनुभएको छ । एमाले डोटीले जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो बताउनुभएको हो ।

नेपाली नागरिकले आशा गरेको पार्टी नेकपा एमाले मात्रै भएको र एमालेबिना देश विकास तथा नागरिकको सुरक्षा नहुने भट्टको भनाइ छ । ‘दार्चुलाको महाकालीमा भारतीय एसएसबीका सेनाले तुइनको डोरी काटेर नेपाली नागरिक जयसिंह धामीलाई बेपत्ता पा¥यो, तर यो परमादेशको सरकार बोलेन एमालेको सरकार भएको भए बोल्थ्यो र जयसिंहको अवस्था बारे जानकारी लिन्थ्यो, अनि क्षतिपूर्ति पनि भराउथ्यो ।’ –उहाँले भन्नुभयो ।

नागरिकलाई नदीमा बेपत्ता पार्दासम्म चुइक्क नबोल्ने सरकारले जनताको सुरक्षा गर्न नसक्ने भट्टको तर्क छ ।नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ४० वर्ष सँगै राजनीतिक जीवन बिताएको भए पनि प्रचण्डले नागरिकको सुरक्षादेखि दशवर्षे जनयुद्धमा घाइते, बेपत्ता भएकाहरुको सम्बोधन गर्न नसकेको आरोप उहााको छ । ‘प्रचण्ड छोरीबुहारीलाई पद दिनमै व्यस्त हुनुभयो’, नेता भट्टले भन्नुभयो– ‘पार्टीको अध्यक्ष भएका व्यक्तिले शहीद परिवार, बेपत्ता भएका परिवारको अवस्था तथा घाइतेहरुको उपचार गर्नुपर्छ कि पर्दैन ? अध्यक्ष पद भनेको के आफ्नालाई पद दिँदै हिन्ने हो ?