निर्वाचन आयोगको ताकेता : अधिकतम जनशक्ति खटाएर एक साताभित्रै मतगणना सकाउने

0
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन हुन चार दिन बाँकी रहँदा निर्वाचन आयोगले मतदान सम्पन्न भएको एक हप्ताभित्रै मतगणना सकाउने ताकेता गर्ने भएको छ ।

आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय तहको मतगणना सकाउने ताकेता गर्ने भएको हो ।

आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका अनुसार ‘अधिकतम जनशक्ति खटाएर छिटोभन्दा छिटो मतगणना गर्ने र परिणाम पनि सार्वजनिक गर्ने योजना छ ।’

मतगणनाका लागि अधिकतम जनशक्ति खटाउन पनि महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको छ ।