साग स्वर्ण विजेता चौधरी मृत भेटिन्

0
Shares

काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् ।

केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी मंगलबार बिहान मृत अवस्थामा पाइएको प्रहरीले जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानले उक्त घटना आत्महत्या देखिने प्रहरीले जानकारी दिएका छन् ।

उनी केहि दिन अघि भएको १९औं एसियाली छनोटमा भाग लिन उनी काठमाडौं आएकी थिइन् । सागमा सन्जुले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि नेपालमा नै भएको १३औं सागमा भारोत्तोलन खेलमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला भारोत्तोलन नेपाली खेलाडी हुन् ।