आज काठमाडौंमा एमालेको चुनावी सभा, ओलीले सम्बोधन गर्ने

0
Shares

काठमाडौं ।

स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयोजना गर्ने भएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा-वडादेखि आउने जुलुस र र्‍याली सभा स्थल जाने छन् ।