राजधानीमा बलिउडको पानी पानी


बलिउड गायिका आस्था गिल राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित आस्था गिल लाइभ नामक कन्सर्टमा प्रस्तुत भएकी छन्।

क्रप टप र रातो रंङको पाइन्टमा मे पानी पानी हो गई गीत गाउँदै स्टेजमा उत्रिएकी गिलले करिब तीन घन्टा आफ्ना लगातार गीत-संगीतबाट दर्शक नचाइन्।

उनले मे पानी पानी, चुम्बा चुम्बा, डिजेवाले बाबु, अभी तो पार्टी शुरु हुई है, नागिन दिन गिन गिनलगायतका एक दर्जन बढी हिट गीत प्रस्तुत गर्दा दर्शक हरेक गीतमा झुम्दै र उफिँदै नाचेका थिए। सँगसँगै दर्शकले वान्स मोरका लागि हुटिङ  समेत बर्षाएका थिए।

कार्यक्रममा उनले नेपाली गीत आगे आगे तोपैको गोलाका केही अंश समेत गुनगुनाएर सुनाएकी थिइन्।कार्यक्रम युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गरेको हो।