काठमाडौंमा भोलिदेखि मतदान नसकिँदासम्म मदिरा बिक्री वितरणमा रोक



काठमाडौं । काठमाडौंमा भोलिदेखि मतदान नसकिँदासम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । स्थानीय तह निर्वाचनमा झैझगडा र अनावश्यक विवाद हुने भएकाले मधिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

जिल्ला प्रशान कार्यालययले आज (आइतबार) विज्ञप्ति जारी गर्दै भोलि (मंगलबार)देखि मधिरा बिक्री वितरणमा रोक लगाएको छ । वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदान नसकिँदासम्म मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन नगर्न र नगराउन जारी विज्ञप्तिमा भनिएको छ ।

प्रशासनले एक विज्ञप्ति जारी गर्दै वैशाख २७ गते मध्यरातदेखि वैशाख ३० गते मतदान कार्य सम्पन्न नहुँदासम्म मदिरा बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्