माथेमा सामाजिक गुठीलाई सम्मान


काठमाडौं ।

नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले माथेमा सामाजिक गुठीलाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालकै प्रतिष्ठित बडी बिल्डिङ प्रतियोगिता धर्मश्रीको १६औं संस्करण आयोजनाको अवसरमा प्रमुख अतिथि उपराष्ट्रपति वर्षमान पुनद्वारा माथेमा सामाजिक गुठीका अध्यक्ष नरेश रामभक्त माथेमालाई कदरपत्रसहित सम्मान गरेको हो ।

माथेमा सामाजिक गुठीलाई नेपालकै इतिहासमा सहीदको नामबाट आयोजना गरिएको पहिलो खेल प्रतियोगिता धर्मश्रीको आयोजक संस्था नेपाल व्यायाम मन्दिरलाई धर्मभक्त माथेमाको अर्धकदको शालिक प्रदान गरेबापत उक्त सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, काठमाडौंका महानगरपालिकाका पूर्व मेयर केशव स्थापितलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।