बेलायतबाट हाँस तिमी


गायिका मिलन नेवारद्वारा स्वरबद्ध नयाँ गीत हाँस तिमीको भिडियो सार्वजनिक गरिएको छ।गीतकार गीता गिरीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत तथा विशन मानन्धरको संगीत संयोजन रहेको छ। बेलायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन्।

भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन रहेको छ। प्रवासबाट सर्वाधिक धेरै र स्तरीय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं फिल्मसमेत छायांकन गरेका छन्।
गीतको भिडियोमा सन्तोष राई र सिर्जना निङ्लेखुले अभिनय गरेका छन्।

हेयर स्टाइलिस्ट समेत रहेका मोरङका राई ६ वर्षदेखि बेलायतमा रहँदै आएका छन्। त्यस्तै, मोडल सिर्जनाले यसअघि बेलायत पुगेर फूलहरू मगमग, तिम्रो छातीभित्र मुटु चल्छ मेरोलगायतका आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छन्।

रेडियो र टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभवसँगै थिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव संगालीसकेकी उनी आफ्नो पछिल्लो कामको नजिता देखेर खुसी छिन्। गीतकार गिरीको रचनामा यसअघि एलिना चौहानद्वारा स्वरबद्ध हेरुँ हेरुँ लाग्छ, रामकृष्ण ढकालद्वारा स्वरबद्ध ए पहरी फूल बजारमा आइसकेको छ। उनका ती गीतले पनि राम्रो चर्चा पाएको थियो।