स्थानीय तह निर्वाचन : मुगुका २७ मतदानस्थल संवेदनशील



मुगु । स्थानीय तह निर्वाचनको लागि मुगुमा २७ वटा मतदानस्थल संवेदनशील मानिएको छ । भूगोल, यातायात, विगतमा दलहरूको विवाद र जिल्लागत सीमाको आधारमा संवेदनशील मानिएको हो ।

जिल्ला सुरक्षा समिति मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका, सोरू, मुगुम कार्मारोङ्ग र खत्याड गाउँपालिकाका २७ वटा मतदान स्थललाई संवेदनशील मानिएको छ ।

त्यस्तै उक्त समिति मुगुका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले १९ वटा मतदानस्थल संवेदनशीन र १८ वटा मतदानस्थल सामान्य रहेको जानकारी बताए ।

जिल्लामा कूल ६१ मतदानस्थल र ६७ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । मुगुम कार्मारोङ्ग गाउँपालिकामा १० वटा मतदानस्थल तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्