निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख दिने



काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भए उनीहरुको परिवारलाई २० लाख दिने निर्णय गरिएको छ ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले सो सुविधा म्यादी प्रहरीका परिवारलाई पनि दिने निर्णय गरिएको हो ।

सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने भएको छ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय गरिएको छ ।

सुरक्षाकर्मीलाई भत्ता र आश्रित परिवारलाई क्षतिपूर्ति दिन गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्