आज दाङको चुनावी सभामा प्रधानमन्त्री देउवा र प्रचण्डले सम्बोधन गर्ने



दाङ । दाङमा स्थानीय तह निर्वाचन लक्षित चुनावी सभाको आयोजना गरिएको छ । उक्त सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।

पाँच दलीय गठबन्धन दलहरूले आज (आइतबार) दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गरिएको छ ।

घोराही र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दाङ आउँदैछन् । पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ आउन लागेका हुन् ।

तुलसीपुरको अरनीको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्