मन्त्री रामकुमारी झाँक्रीलाई चुनावी प्रचार-प्रसारमा जानदिने निर्वाचन आयोगको सहमति



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई चुनावी प्रचार-प्रसारमा जानदिने निर्वाचन आयोगले सहमति दिएको छ । झाँक्रीलाई मन्त्रीको हैसियतमा नभएर पार्टी सचिवको हैसियतमा चुनावी प्रचार-प्रसारमा जानदिने आयोगले सहमति दिएको हो ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले दिएको सहमति पत्रमा मन्त्रीको हैसियतमा प्राप्त सेवा सुविधा प्रयोग नगरी चुनावी प्रचारका कार्यक्रममा जान सकिने सहमति दिइएको छ ।

झाँक्रीले पत्र सार्वजनिक गर्दै आचारसंहिता पालना गर्ने आफ्नो कर्तव्य भएको बताएकी छिन् । झाँक्री सहरी विकास मन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस्