ओलीलाई एमालेको विरासत जोगाउन हम्मेहम्मे, भोट माग्ने शैली- हस्तलिखित अपिलदेखि पत्रकार सम्मेलनसम्म



काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमले)अध्यक्ष केपी शर्मा ओलीलाई २०७४ सालको बहुमतको विरासत जोगाउन निकै हम्मेहम्मे परेको छ । नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय सत्ता तथा चुनावी गठबन्धन बनेपछि ओलीलाई अघिल्लो चुनावको विरात जोगाउन हम्मेहम्मे परेको हो ।

बहुमतको विरासत जोगाउन ओली हिमालदेखि तराई–मधेससम्म चुनावी तथा पार्टीका सभामा सरिक हुँदै आएका छन् । यतिबेला उनलाई खान खाने फुर्सद पनि छैन ।

ओलीलाई एकातिर पार्टी नै विभाजनको चोट छ भने अर्कोतिर पाँच दलले सत्तामात्रै होइन, चुनावी गठबन्धन गरेरै चुनावी मैदानमा उत्रिएका छन् ।

स्थानीय तह चुनाव आउन ५ दिनमात्रै बाँकी हुँदा ओलीले भोट माग्न हस्तलिखित अपिलदेखि पत्रकार सम्मेलनसम्म गर्ने भएका छन् । हिजो (शनिबार) ओलीले आफ्नै हातले लेखेको अपिल सार्वजनिक गर्दै आफ्नो पार्टीलाई भोट दिन आग्रह गरेका छन् ।

त्यस्तै आज (आइतबार) ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उक्त सम्मेलनमार्फत उनले मतदाताहरूलाई भोट दिन अपिल गर्ने छन् । पार्टीका नेता विष्णु रिमालका अनुसार अध्यक्ष ओलीले आममतदातालाई अपिल गर्ने कार्यक्रम तय भएको छ ।

एमालेको केन्द्रीय कार्यालय तुल्सिलाल स्मृति भवन च्यासलमा आज बिहान ११ बजे पत्रकार सम्मेलन गरी ओलीले मतदाता भोटलाई दिन अपिल गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्