प्रचण्डको आरोप : संविधान संशोधन हुन नसक्नुको दोषी ‘ओली’

0
Shares

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन हुन नसक्नुको मुख्य दोषी एमाले अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् । मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन गर्न ओलीले नदिएपछि संशोधन नभएको आरोप लगाएका हुन् ।

प्रचण्डले भने, ‘तपाईंहरूलाई थाहा छ या छैन, मैले दोस्रोचोटी प्रधाननमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुईपटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार भने, ‘र, त्यो संशोधन र परिमार्जनको प्रस्ताव के कारणले सफल हुन सकेन? तपाईंहरूलाई थाहा छ या छैन । म तपाईंहरूलाई भन्न चाहन्छु ( केपी ओलीकै कारणले संविधाने संशोधन हुन सकेन । परिमार्जन हुन सकेन ।’

मधेसी जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको प्रचण्डले प्रष्ट पारे ।