बाँडीचुँडी खान गठबन्धन बनाएका हुन् : एमाले अध्यक्ष ओली



इटहरी । प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाँडीचुँडी खान सत्ता गठबन्धन गरेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका दलले गठबन्धन गरेको उनले टिप्पणी गरेका हुन् ।

आज (शनिबार) इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेसँग वडामा पनि चुनाव लड्न नसकेपछि पाँच दलीय गठबन्धन गरेको बताए ।

बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ थियो । उनले भने, ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस् ।’

प्रतिक्रिया दिनुहोस्