गठबन्धनको चुनावी सभामा निष्क्रिय भट्टराईको सक्रियता कता ?

0
Shares

गोरखा । स्थानीय तह निर्वाचन केन्द्रित सत्ता गठबन्धनको चुनावी सभामा निष्क्रिय डा.बाबुरा भट्टराईको सक्रियता गोरखा केन्द्रित छ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष भट्टराई आफ्नो गृहजिल्ला गोरखा केन्द्रित भएको बताइएको छ ।

जसपाका नेता लालबहादुर विकको घरमा बिहानको चियापान गरेर पालुङटार नगरपालिकाको घरदैलो अभियानतिर लागियो, भट्टराईले ट्वीटरमा लेखेका छन् । उनले ठूला चुनावी सभाभन्दा गाउँ टोलमा अन्तरक्रियात्मक भेटघाट बढी रोचक र उपयोगी हुने बताए ।

भट्टराई सोही नगरपालिकाको बाह्रपिर्के, एअरपोर्टलगायत स्थानमा घरदैलो अभियानमा सरिक भएका थिए । उनीसँगै पत्नी हिसिला यमी पनि अभियानमा छिन् । पार्टी अध्यक्ष उपेन्द्र यादव पनि गृह जिल्ला मोरङसहित मधेस प्रदेशका जिल्लाको चुनावी अभियानमा सक्रिय छन् ।