प्रधानमन्त्री देउवाको प्रश्न- संसद् विघटन गर्ने र बहुमतको सरकार चलाउन नसक्नेलाई जिताएर के गर्नुहुन्छ ?



बुटवल । वर्तमान प्रधानमन्त्रीसमेत रहेका नेपाली शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटकपटक संसद् विघटन गर्ने र हुँदा खादाको बहुमतको सरकार चलाउन नसक्नेलाईजिताएर के गर्नुहुन्छ ? भन्दै बुटवल बासीलाई प्रश्न गरेका छन् ।

आज (शनिवार) बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले लहडको भरमा संसद् र बहुमतको सरकार चलाउन नसक्नेलाई यसपटक चिन्न आग्रह गरेका छन् । ‘ओलीजीबाट अत्याधिक ठूलो अत्याचार भएपछि ओलीले विरोध सहनै नसक्ने विरोध गरे संसद् भंग गरिहाल्ने । लहडको आधारमा संसद् भंग गर्नै पाउँदैन । ओलीजीले भंग गर्दिनुभयो । अदालतले न्याय गरेर पार्लियामेन्ट फिर्ता भयो । तर, चल्नै दिएको छैन,’ देउवाले भने, ‘उहाँको पार्टीलाई जिताएर के गर्नुहुन्छ? यहाँ पनि त्यही हालत होला फेरि यही कुरा ध्यानमा राखेर गठबधन्बन बनेको ।’

देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको दाबीसमेत गरे । ‘म प्रधानमन्त्री भएपछि गठबन्धन टिकाएर लान्छु भन्ने वाचाका साथ आएको हो । हाम्रो पार्टीले शंका उपशंका गर्नै हुँदैन अरु पार्टीले पनि गर्नुहुदैन गठबन्धनबारे,’ देउवाले भने, ‘गठबन्धन बनाउन आवश्यक छ । गठबन्धनविना कसैको सरकार बन्दैन । यो राष्ट्रिय आवश्यकता हो । यो ऐतिहासिक आवश्यकता हो । विकास स्थायित्वको लागि हो ।’

प्रतिक्रिया दिनुहोस्