आज एमाले अध्यक्ष ओलीले चारवटा चुनावी सभालाई सम्बोधन गर्दै

0
Shares

विराटनगर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली विराटनगर आउन लागेका छन् । स्थानीय तह निर्वाचनका लागि प्रदेश १ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न ओली विरानगर आउन लागेका हुन् ।

त्यस्तै एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार बिहान १० बजेको यति एयरलाइन्सबाट विराटनगर झर्ने ओली सुनसरीको धरानमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन् ।

धरानको सभालाई सकेर ओली सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्नेछन् भने त्यसपछि विराटनगरमा र पुनः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आयोजित सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको पोखरेलले जानकारी दिए ।

स्थानीय चुनाव लक्षित कार्यक्रमका लागि एमाले अध्यक्ष ओलीले आक्रामक अभियान चलाइरहेका छन् ।