सुर्खेतमा कांग्रेस र एमालेको चुनावी प्रयोजनको गाडीमा आगजनी



सुर्खेत । सुर्खेतमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावका लागि प्रयोग गर्दै आएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । वीरेन्द्रनगर-६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

बा १४ च ६८३१ नम्बरको स्कर्पियो र कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी बसमा गएराति आगजनी भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार स्कार्पियो नेपाली कांग्रेसले चुनावी प्रचार-प्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस एमालेले प्रयोग गर्दै आएको थियो ।

नजिकै पर्ने मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्