विप्लव नेतृत्वको नेकपा विभाजन, धर्मेन्द्रको नेतृत्वमा नेकपा (जनमत) गठन



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । विप्लवसँग असन्तुष्ट पक्षले धमेन्द्र बास्तोलाको नेतृत्वमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गठन गरेको छ ।

तीन दिनसम्म गरेको भेलाले पार्टी नाम परिवर्तन गरि नवौं महाधिवेशन आयोजक समिति गठन गरेको छ । चितवनमा भएको विशेष राष्ट्रिय भेलाले धर्मेन्द्रको संयोजकत्वमा ८१ सदस्यीय नवौं महाधिवेशन आयोजक समितिको गठन गरेको केन्द्रीय सदस्य पूर्णबहादुर सिंहले जानकारी दिए ।

भेलाले राजनीतिक दस्तावेजसमेत पारित गरेको छ । नव गठित पार्टी नेकपा (बहुमत)ले वैज्ञानिक समाजवादको रणनीतिक लक्ष्य राखेको छ भने समाजवादी क्रान्तिको कार्यदिशा तयार पारेको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्