काठमाडौंको मेयरका प्रत्यासी सिर्जना सिंह घोषणापत्र र आफ्नो संकल्पका आधारमा अघि बढ्न प्रतिबद्ध

0
Shares

काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौंको मेयरका प्रत्यासी सिर्जना सिंहले घोषणापत्र र आफ्नो संकल्पका आधारमा अघि बढ्ने प्रतिबद्धता गरेकी छन् । काठमाडौंमा सत्तारूढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले पार्टीको घोषणापत्र र आफ्नो संकल्प पत्रलाई आधार मानेर आफू अघि बढ्ने प्रतिबद्धता गरेकी हुन् ।

उनले महिला आन्दोलनका लागि आफ्नो उम्मेदवारी गौरवपूर्ण रहेको पनि बताइन् । आफू मेयर भइसकेपछि काठमाडौं महानगरलाई भ्रष्टाचारमुक्त बनाउने, डिजिटल प्रविधि अपनाएर घरबाटै सेवा लिन सक्ने बनाउने उनको भनाइ छ ।

काठमाडौं महानगरमा ट्राफिक जाम, फोहोर समस्या विकराल बन्दै गएको भन्दै तिनलाई समाधानका लागि पहल गर्ने उनले बताइन् । महानगरका महिलालाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने, विदुर पुरुषका लागि पनि विशेष राहत प्याकेज ल्याउने उनले प्रतिबद्धता जनाइन् ।