खुकुरी प्रहार गरी बुवा र आमाको हत्या छोरा पक्राउ


न्युज नेपाल, ताप्लेजुङ ।

आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।