गोली र सालकको खपटासहित एक जना पक्राउ



काठमाडौं । काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौंको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन् ।

काठमाडौं महानगरपालिका(१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदामनजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्