मन र मत परिवर्तनमा राजनीतिक कार्यकर्ताको भूमिका



बालकृष्ण मैनाली

नयाँ वर्ष २०७९ ले देशमा प्रवेश गरिसकेको छ । यो सँगसँगै देशमा नयाँ उमंगसहित प्रत्येक नेपालीमा रहेको देश सुधारोन्मुखका चाहनाहरुलाई यथार्थतामा परिणत गराउन यो वर्षले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गरिएको छ । यस्तो अपेक्षा प्रत्येक जनजनमा आउनुको एउटै महत्वपूर्ण कारण के हो भने, यो वर्ष स्थानीय पालिकादेखि लिएर सबै तहका निर्वाचन जालझेल र कपटी खेल हुन पुगेन भने सम्पन्न हुनेछन् ।

प्रत्येक जनजनलगायत आम मतदाताले भोगेका र पाएका अजसम्मका दुःखहरुलाई सेलाउने कार्यमा लाग्नको निमित्त सबैमा आफ्नो मन र मतलाई परिवर्तनका संवाहकका रुपमा परिणत गर्ने अठोट लिने प्रेरणा प्राप्त हुन सक्यो र त्यसले सार्थकता पायो भने अनैतिकता, भ्रष्टाचार, कानुनी कुशासनका विरुद्ध योग्य उम्मेदवारहरुलाई विजयी गराई प्रायः नयाँ नेतृत्वहरुलाई देशको शासन सत्ता सुम्पने कार्य हुनेछ । देशमा एउटा परिदृश्य के देखिएको छ भने, जनस्तर र मतदाताबाट मात्र होइन स्वयं दलका कार्यकर्ताहरु पनि योग्य उम्मेदवारहरु आएमा दलको झोलाहरु नबोक्ने स्थितिमा तम्तयार भएर बसेका देखिन्छन् ।

यो कारणले कतै यसपालिको निर्वाचनले आफू र आफ्ना गुटका स्वार्थी तत्वहरुलाई बढारेर भित्तामा पु¥याइदिने हो कि भन्ने डरले प्रायः दलका नेतृत्वहरुमा घर गरिरहेको बुझ्न कठिन छैन । गुटगत मात्र होइन, वर्तमान सरकारमा रहेका सदस्यहरुलाई पनि निर्वाचनमा मतदाताहरुले आफ्नो मतमार्पmत पारिको भित्ता पु¥याऊलान् भन्ने डर जागृत भएको छ । यसैलाई थुमथुम्याउन सकिन्छ कि भन्ने प्रयासमा कुनै न कुनै बहाना निकालेर निर्वाचन रोक्ने कार्यमा सरकार स्वयम् लागिपरिरहेको छ भन्ने अपुष्ट समाचारहरु खबर–बजारमा बाहिरिन थालेका छन् । सत्तामा भएका र नभएका सबैले के बुझ्नु पर्छ भने, यदि आफ्नो पत्तासाफ हुने डरले निर्वाचनलाई पर सार्न वा धकेल्ने प्रयास हुन्छ र त्यही कारणले तोकिएको मितिमा निर्वाचन भएन भने त्यसबाट उत्पन्न हुने प्रत्युत्पादक अवस्थाको भागिदारी वर्तमान गठबन्धन सरकार नै हुनुपर्नेछ ।
त्यसै गरी सत्य धरातलमा देखिइरहेको कुरा के हो भने, ठेकेदारमार्फत एकातिरका दलका कार्यकर्ताहरुलाई अर्को दलमा ल्याउने र प्रवेश गराउने जमर्काेलाई तदारुकताका साथ सञ्चालन गरिएको छ ।

सामाजिक सञ्जालमा देखिएका अबिरका टीका, माला र खादाले सिशोभित हुन पाएकामा गर्व गरिएका तस्वीरहरुको प्रदर्शन र कार्यकर्ता प्रवेशका समाचारहरुलाई दलीय मठाधीशहरुले सामाजिक सञ्जालदेखि विभिन्न छापा सञ्चारहरुमा सकेसम्म बढाइचढाइ गरेर सार्वजनिक गर्ने कार्यले पनि प्राथमिकता प्राप्त गरिरहेका छन् । २०७८ सालले बिदा लिएर २०७९ सालले देशमा प्रवेश गर्दा देशमा हुने स्थानीय निर्वाचनको माहौल तातेको छ । यसबीचमा साना तथा ठूला दलहरुले महानगरपालिका, उपमहानगरपालिका र केही नगरपालिका र गाउँपाकिलाहरुमा उम्मेदवार छनौट गरेका समाचार प्रवाहित भएका छन् भने मुख्य–मुख्य पालिका तथा वडाहरुमा उम्मेदवारको लागि आ–आफँ फाैठेजोरी खेलिरहेका र केही महत्वपूर्ण पालिकाहरुमा दलीय टिकट किनबेचका समाचारहरु पनि प्रवाहित भैरहेका छन् ।

जिल्ला र प्रदेशमा नेताहरुलाई ओसारपसारको लागि हेलिकोप्टरलाई भ्याइ–नभ्याइ भएको छ । यो सँगसँगै स्थानीय निर्वाचनको लागि प्रायः दलहरुले आ–आफ्ना उम्मेदवारहरु छनौटमा लागिपरेको संकेत देखाएका छन् । एकातिर अबको स्थानीय निर्वाचनमा पनि पहिलाको जस्तै उम्मेदवारी छनौटमा सकस उत्पन्न भएर एक घण्टा बाँकी हुँदा हतार–हतारमा छनौट गरी मनोनयनको लागि निर्वाचन आयोगमा पुग्ने वातावरणको पुनरावृत्ति कायमै रहने संकेत देखा परिरहेको छ भने अर्कोतिर उम्मेदवारी छनौटमा चित्त नबुझने केही पक्षले छुट्टै बागी उम्मेदवारी दिने स्वघोषणा पनि गरिरहेका छन् ।

टिकट प्राप्त गर्न नसकेको कुरालाई लिएर सञ्चारमाध्यममा पीडाको आँसु झार्दै दल परित्यागसमेतको घोषणा हुन थालिसकेको छ । यही निरन्तरता कायम रहिरहेमा बदला लिनको निमित्त केही पक्षले चित्त नबुझेको कुरालाई पनि ठीक छ ठीक छ भन्दै मत हाल्ने दिनसम्म आइपुग्दा अन्तर्घात गरी अन्य प्रतिपक्षी उम्मेदवारलाई जिताउन सघाउ पुग्ने खालका कार्यहरुले पनि निरन्तरता पाउने कुराको संकेत पनि देखा परिरहेको छ । प्रायः सबै राजनीतिक नेतृत्वले राजनीतिक मूल्य–मान्यता र सिद्धान्तलाई बन्धक राख्न भ्याइसकेका छन् । कसरी आफ्नो गुटको सदस्यलाई वडा सदस्यदेखि संसद्सम्म लैजाने त्यसैमा मात्र चिन्तन गर्न वरिष्ठ राजनीतिक व्यवसायीहरुलाई भ्याइ–नभ्याइ भइरहेको छ ।
वर्तमानमा जति–जति निर्वाचनको माहौल तात्तिँदै गइरहेको छ त्यति–त्यति जनजनले पनि देशको राजनीतिमा छिरेको राजनीतिक अंशियारहरुको बारेमा पनि व्यापकरुपमा चर्चा–परिचर्चा चलाउन थालेका छन् ।

छयालीस सालको निर्वाचनदेखि संविधानसभाको निर्वाचन र त्यसको म्यान्डेटबाट प्राप्त प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय निर्वाचनदेखि राष्ट्रिय सभाको निर्वाचनसम्म नै राजनीतिक अंशियारहरुका बोलवालाले प्रश्रय पाइछाडेको अवस्थामा वर्तमानमा पनि यसको निरन्तरता रहिरहनु कुनै नौलोचाहिँ जनजनले मानेका छैनन् । अपितु यलिाई कसरी तोड्ने भन्ने अभ्यासमा चाहिँ लागिपरिरहेका छन्, जुन एउटा देशको लागि शुभ संकेत मान्न सकिन्छ ।राजनीतिक अंशियारहरुले वर्तमान अवस्थासम्म आइपुग्दा राजनीतिक अंश प्राप्त गर्ने सवालमा विभिन्न किसिमका छलकपटहरुलाई माध्यम बनाएर आ–आफनो अंश प्राप्त गरेर हालिमुहाली गरिरहेका छन् ।

यसै अवस्थाको निरन्तरता यसपालिको स्थानीय निर्वाचनले पनि कतै पाइरहने त होइन भन्ने डर आम मतदातामा कायम नै रहेको छ । यो कुराको डर आम मतदातामा मात्र होइन, आफ्नै दलका इमानदार कार्यकर्ताहरुमा पनि व्याप्त छ । यो विषयलाई लिएर स्थिति यहाँसम्म परिष्कृत भैसकेको छ कि स्वतन्त्र र साना दलहरुलाई ढिम्किनसम्म नदिने नीति पुराना दलहरुले अवलम्बन गरेका छन् । यसको पछिल्लो सिकार विवेकशील साझालाई बनाइएको छ । भर्खरै स्थापना भएको दलले गउँका आम निर्वाचनमा प्राप्त गरेको मतलाई आँकलन गरेर त्यही स्थिति रहेमा आफ्नो पत्तासाफ हुने डरले साना दलहरुप्रति प्रहार गरिएको छ ।

क्रान्ति सफल पार्नको लागि जतिसुकै राजनीतिक व्यवसायीहरुका आफ्ना परिवारका सदस्यहरु लागिपरेको भए तापनि अरु परिवारका सदस्यहरु पनि त्यत्तिकै लागिपरेका कारणले मात्रै यो परिवर्तन आएको हो भन्ने कुरालाई नेतृत्व तहले बिर्सेर पुख्र्यौली अंशियारदेखि लिएर, अपुताली अंशियार वा एकाघरका अंशियारहरुलाई मात्र निर्वाचत वा मनोनीतको माध्यमबाट पदमा स्थापित गराउन खोज्नु कुनै पनि दृष्टिकोणले उपयुक्त हुँदै होइन । जुनसुकै माध्यमबाट जुनै राजनीतिक दलमा प्रवेश गरेर राजनीतिक भूमिका निभाइरहेका प्रत्येक राजनीतिक कार्यकर्ताले बुझ्नुपर्ने जटिल कुरो के हो भने, कहिलेसम्म आफ्नो नेतृत्वले छलकपट, धुत्र्याइँ, भ्रष्टाचार, व्यभिचार गरिरहँदा पनि निर्वाचनमा उठेको र उठाइएको कारणले मात्र सदैव तिनीहरुलाई जिताउनको लागि मात्र कार्यकर्ताको हैसियतले भूमिका निभाइराख्नुपर्ने भन्ने बाध्यता छ ? आपूmले आपूmलाई प्रश्न गर्नै पर्ने भएको छ ।

सधैँभरि यही कुरालाई लिएर यदि नेतृत्वले बाध्यता छ भन्दै यस्तै कार्यमा कार्यकर्तालाई अभिप्रेरित गरिरहन्छ भने सम्बन्धित कार्यकर्ताले नेतृत्वले आपूmलाई भड्खालोमा हाल्दै छ भन्ने कुरालाई मनन गर्नै पर्दछ । त्यागी नेताहरुले अपमानको विष पिएर दल छोडेको इतिहासलाई स्मरण गर्नै पर्दछ । कुनै पनि इमानदार कार्यकर्ता देशमा भ्रष्टाचार मौलाओस्, देश बेथिति र विसंगतिमा जाओस्, न्यायको अन्त्य होस् भन्ने चाहँदैन । प्रत्येक कार्यकर्ता देशको शासन व्यवस्थालाई सार्थक सम्बोधन गर्न सक्ने व्यक्ति नेतृत्वमा पुगोस् भन्ने नै चाहन्छ । जालझेल, प्रपञ्चलगायत दिमागी खुराफाती र त्यस्तै परे केही आर्थिक प्रलोभनमार्फत आफूलाई फसाइएको होस नपाउने कार्यकर्ताले आपूmलाई मात्र घाटा गरिरहेको हुँदै उसले आफ्ना सन्तानलगायत नातागोता तथा देशलाई नै घात गरिरहेको हुन्छ । केही नेतृत्वले गर्ने यस्ता घिनलाग्दा गतिविधिबाट प्रत्येक कार्यकर्ता टाढा रहनु अनिवार्य छ । यदि नेतृत्वले कार्यकर्तालगायत आम जनसमुदायलाई यस्ता विषम परिस्थितिबाट निकाल्न प्रयास गर्दैन भने सक्षम कार्यकर्ताले नेतृत्व आफ्नो हातमा लिन बागी उम्मेदवार दिन पनि पछि हट्नुहुँदैन । यसलाई पार्टीप्रतिको गद्दारी मानिदैन, ताकी पार्टी सुदृढीकरणको लागि पहल गरिएको ठहरिनेछ ।

प्रत्येक राजनीतिक दलहरुमा राम्रा र देशलाई केही गरौं भन्ने मान्छेहरुको कमी पटक्कै छैन । मात्र कमी छ भने छनौट गर्ने बुद्धि, आँट, विवेक र हेर्ने आँखाको दृष्टिकोणमा मात्र कमी छ । देशमा नाम कहलिएको र राम्रो साख बनाएको पुरानो राजनीतिक दल नेपाली कांग्रेसको पनि बेला कुबेला देखा परिरहेको राजनीतिक अंशियारसम्बन्धी विवादले अग्रस्थान प्राप्त गर्दा खस्कँदै–खस्कँदै आजको अवस्थामा आइपुगेको हो । अझै पनि नेपाली कांग्रेसमा चेत खुलिसकेको अनुभूति हुन सकेको छैन । कांग्रेसमा विभिन्न लफडाहरु कायम रहिरहेको समाचारहरु अभै सार्वजनिक हुन छोडेका छैनन् । अहिले हुन गइरहेको स्थानीय निर्वाचनमा पनि गठबन्धनको हवाला दिँदै पुनः कांगे्रसले कम्युनिस्टलाई मत हाल्नुपर्ने र कम्युनिस्टले कांग्रेसलाई मत हाल्नुपर्ने बाध्यतामा आम मतदाता र कार्यकर्तालाई बाध्य पार्न खोजिएको अनुभूति हुँदै छ । जबकि स्थानीय निर्वाचन दलीय तहमा होइन, जनताको तहमा खुल्ला छोडिदिनुपर्दथ्यो ।

क्षमता र भिजन भएका हरेक व्यक्तिको घर–घरमा गएर पालिका प्रमुख र वडा प्रमुखको जिम्मेवारी सम्हालिदिन सबै दलहरु मिलेर अनुरोध गर्न जानुपर्दथ्यो तर विडम्बना ठीक त्यसको उल्टो पालिका प्रमुख वा वडा प्रमुख अनि सदस्यको उम्मेदवार मात्र हुन नेतृत्वलाई तोकेजति रकम बुझाउनुपर्ने परम्परालाई निरन्तरता दिन थालिएको छ । अबको स्थानीय निर्वाचनमा हुन सक्ने यस्ता खालका दुष्कृतिहरुलाई चिर्न सक्ने ल्यागत र तागत भनेको राजनीतिक कार्यकर्ता र आम मतदाता नै हुन् । प्रत्येक राजनीतिक कार्यकर्ता र आम मतदाताले मेरो दलको उम्मेदवार होइन, नगरवासीको हित हेर्ने उम्मेदवार जिताउँछु, पालिकाको हित हेर्ने उम्मेदवार जिताउँछु र वडाको हित हेर्ने उम्मेदवार जिताउँछु भन्ने प्रण लियो भने खुराफातीको नेतृत्वको केही सीप लाग्दैन ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्