नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई ओलीले सम्बोधन गर्ने


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो ।सम्मेलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

ओली मौसम प्रतिकूलताका कारण हिजो बाग्लुङको कार्यक्रमबाट काठमाडौं आउन सकेनन् । सम्मेलनलाई सम्बोधन गर्न आजै बिहान काठमाडौं आउने भएका छन् ।उनी हिजो पर्वत र बाग्लुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।