सिटिजन्स बैंक र नारायणी हस्पिटलबीच समझदारी



काठमाडौं (नेस) ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटल, चितवनबीच सिटिजन्स बैंकका कार्ड वाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहकले एनपीआई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

मोबाइल बैकिङ्गमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन् र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्