पाँच दलीय गठबन्धन केटाकेटीको खेल : ओली



काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको औचित्य नभएको टिप्पणी गर्दै जनताको आदेश के थियो भन्ने कुरा आगामी निर्वाचनको परिणामले देखाउने बताउनुभयो ।

राजधानीमा सोमबार प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो ।

टालाटुली बाटुली कति राम्रा पुतली भनेजस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रा पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्